चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल’ बोलको गीतलाई दर्शकले तारिफ भन्दा बढी गाली गरेका छन् ।
दर्शकले पुरानो चलचित्र ‘आफ्नो मान्छे’मा समावेश यो गीतलाई बिगारेर सार्वजनिक गरिएको भन्दै आलोचना गरेका छन् । गीत हेरेपछि गायक–गायिकामाथि पनि प्रश्न उठाइएको छ ।
शम्भुजित बास्कोटाको संगीत, बाबुराम दाहालको शब्द रहेको यो गीतमा शम्भुजित र साधना सरगमको स्वर छ । नयाँ भर्सनमा भने गायक धमेन्द्र सेवान र गायिका मेलिना राइको स्वर छ । राजन इशानले गीतको रिएरेन्ज गरेका हुन् ।
गीतमा अत्याधिक गाली आएपछि गायिका मेलिना राइले फेसबुकमा स्टाटस लेख्दै यो चलचित्रको टिमप्रति नै ‘घोर निन्दा गर्दछु’ भनेर उल्लेख गरेकी छिन् । उनको स्टाटस यस्तो छ



