‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक

२०७५ फाल्गुन २८, मंगलवार १५:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत १ मा रिलिज  ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । आधुनिक प्रेमकथामा निर्माण भएको सिनेमालाई  वसन्त अधिकारीले निर्देशन गरेका हुन् ।

अर्जुन पोखरेलको संगीत रहेको ‘जानी नजानी’ बोलको गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर छ । गीतको शब्द निर्माता मोदनाथ खनालले लेखेका हुन् ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार मनिष श्रेष्ठ र निरिशा बस्नेतलाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

आधुनिक प्रेम कथामा निर्माण भएको सिनेमामा मनिष श्रेष्ठ, डेव्यु गर्ल निरिशा बस्नेतका अलवा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरु अभिनय रहेको छ ।

सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको सिनेमामा सञ्जय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय