‘लभ स्टेशन’ चलचित्रको प्रदर्शन मिति निजिकिँदै गर्दै फस्ट लुक्सको रुपमा यसको पोष्टर शुक्रबार रिलिज गरिएको छ । लभ स्टेशन’ नयाँ २२ चैतबाट देशव्यापी रिलिज हुने भएको छ।
पोष्टरको डिजाईन आनन्द महर्जनले गरेका हुन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । पोष्टरमा प्रदीप खड्का र जसीता गुरुङको जोडीलाई रोमान्टीक अवतारमा उतारीएको छ ।
यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।



