फागुन १० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रुमालै छ चिनो’ हप्तामा प्रवेश गरेको छ ।
उपत्यकाका हलबाट दशृकको माया पाएको रुमालै छ चिनो’ले बाहिरका हलमा पनि दर्शक जम्मा गरेको छ । बिहीबार झरीको वास्तै नगरी उपत्यकाका बाहिरका हलमा दर्शक पुगेको निर्माता चन्द्रबहादुर खड्काले बताए ।
ज्योती फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुमालै छ चिनो’ मा किशोर खतिवडा, सन्चिता लुइटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, रश्मी भट्ट, सुरवीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, शान्ति श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् भने सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, बिनोद सापकोटाको छायांकन छ ।
दिनेश सिंह ठकुरीको लेखन र निर्देशन छ


