चलचित्र ‘मेरो एउटा साथी छ २’ निर्माण गर्ने औपचारिक जानकारी आइकोर फिल्मस्ले दिएको छ ।
चलचित्र सिक्वेल नभएर सिरिज भएको निर्माण कम्पनीले बताएको छ ।
चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् ।
चलचित्रलाई अक्टोबरतिर छायांकनमा लैजाने र सन् २०२० मा रिलिज गर्ने प्रज्ज्वलले जानकारी दिए । । सन् २००९ मा बनेको ‘मेरो एउटा साथी छ’मा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका थियो ।


