दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीतमा रोहित जंग क्षेत्री

२०७५ फाल्गुन १५, बुधबार ०८:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आगामी चैत्र १ गतेबाट रिलिज हुने सिनेमा ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

१९७४ एडी ब्याण्डले तयार पारेको ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीको शब्द, संगीत तथा स्वर रहेको छ ।

गीतमा मुख्य कलाकारहरुका साथै ब्याण्ड सदस्यहरुलाई पनि स्थान दिइएको छ ।

’दि म्यान फ्रम काठमाडौ’ नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको सिनेमा हो ।

यो सिनेमाको नेपालको काठमाडौको साथै अमेरिकाका समेछ छायांकन गरिएको छ । यो सिनेमाको सम्पुर्ण बजेट चार करोड बढी रहेको निर्माता नकिम उद्धिनले बताए । निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माण बनेको सिनेमामा जोसे मानुइल र अभिनेत्री आना  चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।

‘दि म्यान फ्रम काठमाडौं’लाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय