नायक भुवन केसी निर्मित काजोल फिल्मसको ब्यानरमा बनेको चलचित्र क्याप्टेन आगामी शुक्रबार फागुन १७ बाट प्रदर्शनमा आउदैछ ।
फुटबल खेलको बिषयलाई लिएर दिवाकार भट्टराईले निर्देर्शन गरेको चलचित्र क्याप्टेनको लिड रोलमा नायक अनमोल केसी रहेका छन् ।
पछिल्लो समय फिल्म नचलिरहेको बेला क्याप्टेन फिल्मले नायक अनमोल केसीको अभिनय र उनको क्रेजका कारण फिल्मले राम्रो ब्यापार गर्ने अनुमान फिल्मी बजारमा चलिरहेको छ ।
यसै सन्दर्भमा निर्माता निर्माता तथा नायक भुवन केसी भन्छन फिल्म क्याप्टेनले छलाङ मार्छ , एउटा राम्रो फिल्मको लागि चाहिने सम्पुर्ण चिजमा कुनै सम्झौता छैन ।



