‘जानी नजानी’ को ट्रेलर सार्वजानिक

२०७५ फाल्गुन १०, शुक्रबार १२:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत्र १ मा रिलिज  फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजानिक भएको छ ।  लिडकलाकार मनिष श्रेष्ठ , नम्रता श्रेष्ठ , सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको परिचयसँगै यिनको क्यारेक्टरलाई प्रस्ट्याइएको छ ।  जानी नजानी’लभ स्टोरी रहेको डेब्यु निर्देशक बसन्त अधिकारीले बताएका छन् । मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन ।

फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको अभिनय रहेको छ । निर्देशक अधिकारी भन्छन् ‘फिल्मले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ साथै यसमा प्रेमसँगै दायित्व पनि छन् ।’

फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । फिल्मको छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । उनले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन , जसले अन्तराष्ट्रियस्तरमा थुप्रै अवार्ड प्राप्त गर्नुका साथै आफ्नो उपस्थिति समेत जनाएको थियो । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय