‘कब्स’चलचित्रको ‘तिमी र म’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।
आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा चलचित्र कप्स बनेको हो कलाकार अनुप विक्रम शाही र सन्दिपा लिम्बुलाई फिचरिङ गरिएको छ ।
चलचित्रमा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ ।
राम शाक्यले निर्माण गरेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । गीतमा विजय घिमिरे र नीतुको स्वर, विजय घिमिरेको शब्द तथा संगीत छ ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, शिशिर खातीको कोरियोग्राफी छ । चलचित्रको यो गीतको भिडियो आकर्षक लोकेशनमा खिचिएको छ ।


