सालको पात टपरी हुनी हे बरै नहुने सल्लैको ,
तिम्रो माया कती छ कती हे बरै नलाउ पछि हल्लैको ।
देश बिदेशमा रहेका नेपालीहरु माझ सर्वाधिक हेरीएको र सुनीएको शब्द हो यो ।
यो समाचार तयार पार्दा ३ करोड ११ लाख ४३ हजार भन्दा बढी युट्युवमा हेरीएको छ ।
सिगतका गायक कुलेन्द्र विश्वकर्मा र बिष्णु माझी लाई सबैले चिन्छन , साथै संसिगितकार बसन्त थापा र भिडियो निर्देशक कोरीयोग्राफर शिव बिक संगै मोडल मरीष्का पोख्रेललाई नचिन्ने कुरै भएन । तर नवराज पन्तलाई कतिले चिन्छन् भन्ने कुरा हो ।
शायद नवराज पन्तले यि शब्दहरु नलेखेको भए अहिले सालको पात सबैको मुखमा झुन्डीने बन्थ्यो की बन्थेन भन्ने सवाल पनि छ । गितकार नवराज पन्त नेपाल बस्दैनन धेरै बर्ष भयो उनि अमेरीकाको सुन्दर शहरमा बस्छन् । तर उनैले नेपाली ठेट गित लेख्न छाडेनन ।े
नेपाल हुदा मात्र २ वटा गित लेखे डांडै फुर्के सल्लो र मायालुको शहरमा जुन गित हिट थियो नै थियो तर अहिलेको जस्तो युट्युव थिएन गितकार नवराज पन्त भन्छन् ।

अरु सबै युएस आएरनै लेखेको हु ,यसो दिमाग खेलायो अनि सृजना गर्यो , सृजना गर्दा ठेट शब्दहरुनै छान्छु सुनकेशरी डटकमसंग उनले भने । गितमा कति लगानी गर्नु भयो त बिदेशमा बस्ने नेपालीहरुले त आफै लगानी गर्छन भन्दा गितकार नवराज पन्तले भने , मैले कहिले गितमा लगानी गरीन र सस्तो गितकार पनि हैन मैले सालको पात गितको पारीश्रमीक ५० हजार लिएको छु र करोडक्लब सेलीब्रेशन गरीरहंदा संगितकार बसन्त थापाले बोनस स्वरुप युट्युवबाट आएको रकम मध्ये ५० हजार थप्दिनु भयो ।
कुन साईतमा रिलिज गरीएको थियो र हिट भयो भन्ने प्रसंगमा उनले भने जेठमा लेखेर रेकर्ड भएको गित,र असोज १ मा रिलिज गरीएको थियो , कहानी लामो छ उनले भने । हाल सालको पात देश देखि बिदेश सडक देखि सदनसम्म लोकप्रीय रहेको छ ।


