‘क्याप्टेन फिल्मको ट्रेलरमा खेलाडीमा देशप्रेमको भावना जगाउन भारतसँगको नाकाबन्दी र सीमा द्वन्द्वको विषय उठाइएको छ ।
फुटबलमा देशलाई गोल्ड मेडल जिताउने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकौं उचारचढावमा फिल्म आधारित रहेको छ ।
नायक अनमोल केसी अभिनित फिल्म क्याप्टेनले फुटबलप्रतीको मोह जगाएको छ । नायक हनमोल आफै फुबल प्लेयर बनेर देखिएका छन् । त्यसोत के फुटबल खेलाडमा प्रेम हुदैन त देखिने छ क्याप्टेनमा ।

नायक अनमोलले खेलाडीको जीवनमा आउने उतारचढाव संगै प्रेमका कुरा पनि फिल्ममा रहेको बताईएको छ । आगामी फागुन १७ बाट प्रदर्शनमा आउने क्याप्टेनको तस्वीरमा नायक अनमोलका रोमान्टीक देखिन्छन् ।
फिल्ममा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग अनमोलको जोडी बाँधिएको छ ।
सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्माता भुवन केसी हुन् । पटकथा सामिप्यराज तिमल्सिनाको हो ।



