फिल्म ‘लभ स्टेशन’को घाम जून चाहिँदैन मलाई’ बोलको रोमान्टिक नम्बर रिलिज भएको छ । भियतनाम, नेपाल र भारतका सुन्दर लोकेशनमा छायाँकन गरिएको गीतमा लिड कलाकार प्रदिप खड्का र जसिता गुरुङ फिचर छन् ।
गीतमा स्वर सुगम पोखरेल र रेश्मा पुनःको छ संगीत दिपक शर्मा र एलिश कार्कीले भरेका छन् ।
शिशिर खातीको कोरियोग्राफी समावेश गीतको भिडियोमा प्रदिप र जसिताको केमेष्ट्रि देखाइएको छ । गोविन्द शाहिको निर्माणमा बनेको फिल्मलाई उज्जल घिमिरेले निर्देशन गरेका छन् । चैत।र २२ बाट प्रदर्शनमा आउने फिल्ममा प्रदिप र जसितासँगै प्रकाश शाह, रमेश बुढाथोकी, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायत लिड अभिनयमा छन्


