चैत १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘पुरानो बुलेट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुलेट बाइक चढ्ने युवकको जीवनमा आउने उतारचढावमा आधारित फिल्मको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स, रोदन छ ।
अनुपविक्रम शाहीले यस फिल्ममा दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् । ट्रेलरमा अनुपलाई ुबुलेट राजाु र वर्षालाई ुबुलेट रानीु को रुपमा परिचय गराइएको छ ।
फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् ।
फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् ।
सन्तोष फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’ मा अशोककुमार राई ९अशोक साम्पाङ०, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।
‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायांकन हरि घले लामाको छ ।
अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ ।


