काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बहुचर्चित गायिका मिलन नेवारको चौँथो एल्बम मिलन यात्राु र पाचौँ एल्बममा समावेश मन रेशम बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ ।
माननिय गृहमन्त्री राम बहादुर थापा बादलुको प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता(पिता लगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सात गीत समावेश छन् जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।
सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनिहरुले नै गरेका छन् । हरी हुमागाईको छायांकन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।

सोही कार्यक्रम मार्फत उनले ुसिङ्गिङ फर सोसाइटी भन्ने उदेश्य सहित ुमिलन च्यारिटी फाउण्डेसनुको सुरुवात समेत गरेकी छिन् ।
आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ुशहिद स्मृति आवासिय माध्यमिक विद्यालयु इटहरीमा केन्द्रित गर्ने छिन् ।
गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत(संगीत पौरखी भएको बताएका थिए ।
उनले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिएका थिए । गृहमन्त्री थापाले नेपाली कला र संस्कृतीको क्षेत्रमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए ।
कला र संकृतीको क्षेत्रमा निश्चित मापदण्ड बनाएर सांकृतिक सभ्यतालाई अर्को उचाईमा पुर्याउनु पर्ने उनको भनाई थियो । त्यसका लागि सरकारको तर्फबाट निती नियम तर्जुमा गर्न लागिएको उनले बताए ।


