क्रिकेट सम्बन्धी फिल्म घोषणा,सुनोदको मुख्य भुमिका

२०७५ पुष ३०, सोमबार ०९:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुनोद श्रेष्ठको मुख्य भूमिकामा क्रिकेट सम्बन्धी फिल्म निर्माण हुने भएको छ।अष्ट्रेलियाको सिड्नीमा आयोजित कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा भएको हो।

एक्पसपर्ट एजुकेशनका निर्देशक संजिब शर्माले फिल्मको निर्माण गर्ने संस्थाका सद्धभावना दुत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए।

खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको बताए ।‘खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेट सम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ ।

फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ,’ खड्काले भने ।
फिल्मका मुख्य अभिनेता सुनोद श्रेष्ठ रहनेछन् ।

अन्य कलाकार र निर्देशक भने छिट्टै सार्वजनिक हुने फिल्म निर्माण गर्न लागेका संजिब शर्माले जानकारी दिए । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो ।

यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

सात समुन्द्र पारी, विर्सन सक्दिन, तिमि र म असाध्यै रुचाइएका म्युजिक भिडियो हुन्। श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन्।

अष्ट्रेलियाको टेलिभिजन एसबिएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका थिए। यस्तै हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि काम गरिसकेका छन्।

उनले च्यानल नाइनमार्फ प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रुपमा गरेको अभिनय असाध्यै चर्चित थियो।

सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म द मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय