नायिका रेखा थापाको जगजगी नेपाली फिल्म ईन्डष्ट्रीमा एकताका एक छत्र रह्यो । नायिका रेखाको चञ्चलता ,ग्ल्यामर ,भर्सटाईल अभिनय र एक्सन नहेर्ने र थाहा नपाउने कमै होलान । उनले दिएका अन्तवार्तामा उनको चञ्चलता मजाले सबैले देखीरहेकै छन् ।
पछिल्लो समय उनले रेखा फिल्मसको ब्यानरबाट फिल्म निर्माण शुरुवात गर्न थालीन । हाल मालिका शुक्रबार कार्तिक १६ बाट प्रदर्शनमा आउदै छ ।
https://www.youtube.com/watch?v=VZu2EFOexps
नायिका रेखाले आफै निर्देशन गरेकी छन् साथमा अभिनय पनि । यतिबेला नायिका रेखा थापा गम्भीर हुदै भन्छीन मैले लाखौ नेपाली छोरी चेलीको पीडा नजीकबाट महशुश गरेकी छु । मैले सबै थरीका चलचित्र गरे ।
अब समाज परिवर्तनको लागि काम गर्छु भनेर मालीका छोरीहरुको आवाज उठाएको छु । अब गम्भीर बन्ने बेला आएको जस्को लागि चलचित्रको पर्दाबाट सारा नेपाली छोरीहरुको आवाजलाई मालिका चलचित्रले बुलन्द गर्छ ,यो चलचित्र नीतिनियम बनाउने
ले हेर्नैपर्ने चलचित्र हो । नरबहादुर कार्कीले निर्माण गरेको चलचित्र मालीका हेर्नै पर्ने कारणहरु निर्माण टिमका अनुसार निम्न रहेका छन् ।
१ मालिका कर्णालीका नारीदिदिबहीनीहरुको चेहेरा हो जस्लाई जाजरकोटकै १४ बर्षीय कमला ओलीले प्रतिनिधित्व गरेकीछन् । अmभै पनि बालविवाहमा कसरी बँध्य बानाईन्छ र कसरी वालविवाह हटाउने जस्को लागि मालिका हेर्नुपर्छ ।
२ मालिका आम नेपाली नारी ,छोरीहरुले भोगेको तर ब्यक्त गर्न नसकेको कथा हो जुन फिल्म हेरेपछि आम नेपालीलाई महिलाको लागि नीति नियम परिवर्तन गर्न बाध्य हुनुपर्छ ।
३ दिदिबहिनी छोरीहरुले आफ्नै परिचय लिएर बांच्न मालिकाले सिकाउ“छ ।
मालीकालाई दुईटा चश्माले हेर्न सकिन्छ ,मालिका छोरीहरुको आन्दोलन हो ,अभियान हो ,राष्ट्रिय मुद्दा हो ।


