कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चङ्गा चेट’ मा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणा, रबिन्द्र झालगायतका कलाकारहरु फिल्ममा छन् । आयुष्मानले पूर्व र वर्तमान प्रेमिकासँग काम गरेका कारण पनि यो फिल्म निर्माण अगावैदेखि चर्चामा थियो ।
चलेका अनुहार भएपछि दर्शकमा फिल्मप्रति चासो बढ्ने नै भयो । गोजीमा दाम छैनु र कमेडीले भरिएको ट्रेलरले उक्त फिल्मको राम्रो हाइप निर्माण गरेको छ ।
प्रत्येक फिल्ममा ‘एक्सपेरिमेन्ट’ गर्न माहिर दीपेन्द्र के खनाल फिल्मका निर्देशक हुन् । ‘चङ्गा चेट’ लाई ुलुटु निर्माता माधव वाग्ले र ुलभ लभ लभु निर्मात्री शर्मिला पाण्डेले संयूक्त रुपमा निर्माण गरेका हुन् ।


