मल्टिस्टारर फिल्म ‘चङ्गा चेट’ को अफिसियल ट्रेलर लञ्च भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले कमेडीले भरिपूर्ण ट्रेलर सार्वजनिक गरेको हो । फिल्मले बेरोजगार युवाको कथा भन्छ ।
समाजभित्रको यथार्थ घट्नालाई फिल्ममा हास्यरसमार्फत् प्रस्तुत गरिएको ुपशुपति प्रसादु फेम्ड निर्देशक दीपेन्द्र खनालले बताए । उनी आफ्ना अघिल्ला फिल्मभन्दा ‘चङ्गा चेट’ लाई फरक बताउँछन् । ुलुटु निर्माता माधव वाग्ले र शर्मिला पाण्डेले फिल्ममा लगानी गरेका छन् ।

फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । कात्तिक १६ गते आउने यो फिल्ममा राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत छ ।
निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । यो फिल्मको यसअघि नै ुगोजीमा दाम छैन गीत हिट भइसकेको छ ।
निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्ममा सूर्य ठोकरको लगाएतको अभिनय रहेको छ


