उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट नायिका निरुता सिंहले हात झिकेकी छिन् ।
नायिका निरुता सिंहको बुबा बिरामी भएकोले लभस्टेशन फिल्म छोड्नु परेको हो । उनको बुबाको मुम्बाईमा उपचार भैरहेको छ ।
गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ ।
५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो । नायिका निरुता सिंह र नायक उत्तम प्रधानको जोडीलाई फेरि एकपटक पर्दामा ल्याउने तयारी निर्देशक घिमिरेको थियो ।
तर, निरुताले भने अन्तिम समयमा आएर चलचित्रमा काम नगर्ने जानकारी दिएकी हुन् ।
चलचित्र ‘नाई नभन्नु ल ५’मा काम गरेपछि निरुताको डिमाण्ड चरित्र अभिनेत्रीमा खुबै बढेको छ । यो चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।


