ऋषि धमलाको करमा नेताहरु हलमा

२०७५ आश्विन १८, बिहीबार १६:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ऋषि धमला निर्मित चलचित्र अनुराग गएको शुक्रबारबाट प्रदर्शनमा आएको छ । पत्रकार ऋषि धमलाले आफुले बनाएको चलचित्र हेर्न हलहलमा गएर दर्शक बोलाउदै नेताहरुलाई पनि हरेक शो देखाईरहेका छन् ।

राजनैतिक दलका नेताहरुस“ग निकट रहेका पत्रकार धमलाले नेताहरुलाई कर गरेर बोलाएको स्वयं नेताहरुले प्रतिक्रिया दिईरहेका छन् । पत्रकार धमलाले आफ्नी श्रीमती एलीजा गौतमलाई हिरोईन बनाएर चलचित्र अनुराग निर्माण गरेका हुन ।

तर अनुरागमा दर्शकहरुको उपस्थिति भने न्युन देखिएको छ ।

चलचित्र निर्माणमा होमिएका पत्रकार ऋषि धमलाले आफूहरुलाई वितरकले धोका दिएको बताएका छन् । उनले चलचित्र ‘अनुराग’ चलाउँछु भनेर वितरकले नचलाएको, हल कम दिएको भन्दै आक्रोश पोखेका छन् ।

उनले चलचित्र रिलिज सकिएपछि यो बिषयमा आफूले मुख खोल्ने पनि बताए । धमलाले भने(‘हाम्रो चलचित्रको डिमाण्ड देशभर छ । तर, हल कम भएर दर्शकले हेर्न पाउनु भएको छैन ।

वितरकले हाम्रो चलचित्र रिलिज हुँदा अरु चलचित्र रिलिज हुँदैन भन्नुभएको थियो । तर, ४(५ वटा चलचित्र रिलिज भए । चलचित्र क्षेत्रमा वितरकको राजनीति   रहेछ यो विरुद्ध लड्छु ।’धमलाले यसो भनिरहँदा चलचित्रकी नायिका एलिजा गौतमले पनि नयाँ ब्यानर र कलाकार भएकाले वितरकले आफूहरुलाई खराब तरिकाले चलचित्र क्षेत्रमा स्वागत गरेको बताइन् ।

सत्यराज चौलागाइको निर्देशनमा तयार भएको यो चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय