गायक म्याक्स नेपाल र गायिका प्रीति आलेको डान्सिंग विटमा रहेको लोकदोहोरी गीत ‘ ऐया बरि लै ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक यस गीतमा चर्चित संगीतकार तथा गायकको रुपमा पनि चिर परिचित संगीतकार हरि थापाको एकल संगीतमा गीतकार मधुसुधन डाँगीको शब्द रचना रहेको छ ।
बिगत लामो समय देखि संगीत शृजनामा अब्बल रहेका गायक समेतको खुबीले भरिपूर्ण संगीतकार हरि थापाको यस पटकको संगीत पनि निकै लोभ लाग्दो भएको छ भने उनि लोकदोहोरी गीतका उत्कृस्ट संगीतकारको रुपमा पनि यस पटकको बक्स अफिस म्युजिक भिडियो अवार्डको नोमिनेशनमा समेत पर्न सफल भएका छन् ।
गीतको म्युजिक भिडियोमा यसै गीतका गायक म्याक्स नेपाल र अहिले चर्चामा रहेकी कार्यक्रम प्रसोता तथा मोडल सोनीका रोकायाको अभिनय रहेको छ । करण चैसिरले खिचेको यस गीतको म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन भने गीतको म्युजिक भिडियोलाइ मौसम हिमालीले निर्दशन गरि तयार गरेका हुन् ।


