संतोष सेनको बाबु छोराको पत्याउनै नसकिने सम्बन्ध

२०७५ श्रावण १६, बुधबार १५:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

निर्माता संतोष सेन आगामी भदौ १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र मेरी मामुको प्रचारप्रसारको दौडानमा छन् । उनको आफ्नै ६ बर्षिय कान्छो छोरा आयुब सेनले फिल्ममा लिड रोल गरेका छन् ।

बाल मनोविज्ञानमा अधारीत आमा र छोरा बीचको सम्बन्धलाई फिल्मको पर्दा मार्फत देखाउन खोजीएको निर्माता संतोषले बताएका छन् । फिल्माको रिलिज गरीएको आमा बोलको गितमा ६ बर्षे आयुवले गरेको अभिनयले सबैको मन छोएको छ । काठमांडौदेखि चित्तवन देवघाटसम्मको यात्रा बीचमा आमा र छोराको सम्बन्धलाई फिल्ममा उतारिएको छ ।

मेरीमामु प्रचारप्रसारकै क्रममा निर्माता संतोष सेनस“ग प्रश्नोत्तरमा बसिरहंदा प्रश्न गरीयो

आयुब कतिसालको हो ?

संतोषले भने २०६९ सालको ,

कुन महिनाको हो ?

संतोष अल्मलीय म घरमा फोन गरेर उसको ममीलाई सोध्छु है ।

त्यसपछि भैगो भनेर निर्माता संतोष सेनलाई सोधीयो ।

तपाई र तपाईको कान्छो छोरा आयुबको सम्बन्ध कस्तो छ ?

म र मेरो छोरा बीचको सम्बन्ध अरु बच्चाहरुको जस्तो पप्पी खाने छिनछिनमा फोन गर्ने खासै त्यस्तो छैन । काखमा राखेर खेलाउने घुमाउने खासै त्यस्तो नी गरीन ।

सुन्दा नी अचम्म लाग्छ होला ,हाम्रो पारीवारीक माहोलनै त्यस्तै छ । उस्ले चाहेको आवश्यक्ता अनुसार सबै ल्याईदिने गर्छु उस्को मम्मीले हेरचाह गर्छ । म बिदेशमा हु“दा जन्मीएको हो छोरा आयुब ।

मैले छोरा आयुबलाई उसको आमाको पेटमा छोडेर गएको थिए बिदेश, जतिबेला म ब्रुनाईमा थिए । छोरा आयुब ३ बर्ष भैसकेपछि मात्र मैले प्रत्यक्ष देख्ने र हेर्ने मौका पाए । फोन च्याटमा भने छोराको अनुहार हेर्ने गर्थे ।

आयुब बच्चै देखि डिजीटल दुनिया“मा रमाउन थालेको हो ,मलाई लाग्छ आमाले पनि त्यति हेरचाह गर्नुपर्दैन उ आफ्नै संसारमा रमाईरहेको हुन्छ ईन्टरनेटमा ।

मैले कहिले आयुव सानो भएपनि ईन्टरनेट चलाउन हुदैन भनेर बाधक बनीन । घरमा एक्लै टलीभिजन तथा युट्युवमा संसार हेरेर रमाईरहन्छ छोरो ।

म देखि डराउ“छ ,मेरो अगाडि त्यति बोल्दैन , कहिलेकाही घरमा स्कुल जान्न भनेर जिद्धी गरीरहेको बेला मलाई देख्यो भने खुरुखुरु डराएर स्कुल जान्छ । हुन त मेरो पारीवारीक माहोल अरु परिवार भन्दा अलि फरक पनि छ , अरुको जस्तो छिनछिनमा कहा“ के कता भनेर कसैले कसैलई सोधखोज गरीरहदैन ।

सबै आ आफ्नो काममा लाग्छन सकेपछि औपचारीक भेटघाटजस्तै हुन्छ ।त्यसो भन्देैमा पारिवारीक बिचलन चा“ही हैन हाम्रो बाजेबजै देखिनै त्यस्तै चलन हो ।

मेरीमामुको सुटङिमा आयुब

जब मेरी मामुको सुटीङ शुरु हुन थाल्यो तब आयुवको स्कुलमा बिदा लिएर हिडियो । सुटीङमा मलाई देख्यो भने नबोल्ने अलि लजाए जस्तो डराएजस्तो गर्ने म दाया“बा“या“ लागेपछि भने खुलेर युनिटस“ग बस्ने गथ्र्यो ।

कहिलेकाही“ छोरोलाई सिनमा ढाल्दा के गर्दा रिसाउछ ,के गर्दा खुशी हुन्छ थाह थिएन अनि श्रीमतीलाई फोन गरेर सोध्ने गर्थे । आयुवलाई कसैको मतलव थिएन कसैको मिस पनि नगरी बिन्दास तरिकाले सुटीङ सकियो ।

छोरोलाई हिरो बनाउने रहर

मलाई पनि फिल्मी नशा लागीसकेको छ । बालबालिकाको बिषयमा फिल्म बनाउने कन्सेप्ट थियो मेरो ।

अनि निर्देशक यम थापास“ग कुरा भैरहेको थियो । कलाकार कस्लाई लिने भन्ने सन्दर्भ चलेपछि मैले मेरो कान्छो आयुवको हाउभाउ हेर्थे उ ईन्टरनेटको दुनिया“मा रमाएको देख्थे ।

लाग्यो यस्ले अभिनय गर्न सक्छ तर अलि सुधार्नुपर्छ भनेर मण्डलामा तालीम र वर्कशपको लागि सबैस“ग सल्लाह लिएर पुर्याउन थाले । दिनप्रतिदिन आयुवमा प्रगति हुन थाल्यो अनि फिल्ममा अभिनय गराईयो ।

मैले खेलाउने भए ठुलो छोरालाई पनि खेलाउ“थे तर उ चासो दिंदेैन । कान्छो पढ्नमानी ट्यालेन्ट छ त्यसैले अहिले हिरो बन्देैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय