गायिका कल्पनाको टाढाको माईती

२०७५ श्रावण १६, बुधबार ०९:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका कल्पना श्रीपालको टाढाको माईती बोलको तीज गित बजारमा आएको छ । हाल युकेमा बसोबास गरीरहेकी गायिका कल्पनाले आफ्नो मौलीक तिज रहेको बताएकी छन् ।

गीतमा लयरशब्द चर्चित सर्जक तथा गायक किरण बाबु पुनको रहेको छ । एरेन्जर केशब बडुको एरेन्जर,मिन रानाको रेकर्डिङ्ग,कुमार सानु पुनको मिक्सिङ्ग रहेको गीत शंकरा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

निर्देशक प्रकाश भट्टको निर्देशन,राजेश घिमिरेको छायांकन,बिष्णु शर्माको सम्पादन रहेको गीतमा मिनुज राना र सृजना रेश्मीको अभिनय रहेको छ । गीतलाई गायिका कल्पना श्रीपालकै अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय