अन्तत झमकबहादुरले पायो पीजी सर्टीफीकेट

२०७५ श्रावण १५, मंगलवार १३:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मिनकुमार तामाङ निर्मित आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म झमबकहादुरले सेन्सरबोर्डबाट पीजी सर्टीफिकेट पाएको छ ।

सोमबार दिनभर सेन्सरबोर्डमा निर्माण टिमले तनाव झेल्यो फिल्ममा रहेको सुनतस्करको बिषयलाई लिएर ।

झमबबहादुरको सेन्सरको लागि गृहमन्त्रालयसम्म पनि कुरा पुग्यो । अन्तत सेन्सरबोर्डले पीजी सर्टीफिकेट दिएको निर्माण युनिटले जनाएको छ ।

भोमान कटुवालले निर्देशन गरेको चलचित्र झमकबहदुरको पहिलो ट्रेलर आउट हुदा मुम्बाईएक्सप्रेसको कपी भनेर चर्चा भएको थियो । तर फिल्ममा सामाजिक कथालाई उठान गरेको निर्माता तथा कलाकार मिन कुमारले जानकारी दिए ।

फिल्ममा सामाजिक बिषयबस्तुसंगै हांस्यरस रहेको बताईएको छ । फिल्ममा सुजता थापा, अनुप बिक्रम शाही ,मिनकुमार तामाङ , यादव देवकोटा सरापे ,राजुकमेडी लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय