‘छक्का पञ्जा’ को तेस्रो शृंखलाको पहिलो नम्बरमा’ गीत भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक ‘पहिलो नम्बरमा’ बोलको गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् । स्वर डेभिड शंकर र विन्दु परियारको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइराला नाचेका छन् ।


