‘कथा काठमाण्डू’ को गीत : प्रियंकाको आलोचना

२०७५ श्रावण १४, सोमबार १७:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फिल्म ‘कथा काठमाण्डू’ को ‘रातको कुरा…’ बोलको रोमान्टिक गीत इन्टरनेटमा रिलिजसँगै भाइरल भएको छ ।  इन्दिरा जोशीको स्वर र प्रदीप बाँस्तोलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा उत्तेजक सिन छन् ।
भिडियोको अन्तिम एक मिनेटभरी अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको अन्तरंग दृश्य छ । यसअघि नेपाली फिल्मका गीतको भिडियो यो शैलीमा तयार भएका थिएनन् ।
गीत सार्वजनिक कार्यक्रममा निर्देशक संगीता श्रेष्ठ भन्छिन्, ‘यो गीत फिल्ममा किन छ भनेर फिल्म हेरेपछि थाहा पाउनुहुन्छ ।’
‘रातको कुरा…’ बोलको गीतलाई यूट्युबमा अधिकांशले नकारात्मक कमेन्ट गरेका छन् । धेरैले गीत तत्काल हटाउनु पर्ने लेखिरहेका छन् भने गायिका इन्दिरा जोशीको पनि चर्को आलोचना भइरहेको छ ।
 असोज १२ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।
https://www.youtube.com/watch?v=kzSsng2QRHY
https://www.youtube.com/watch?v=kzSsng2QRHY

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय