तीज म्यूजिक अवार्डको लागि तीज गीतको दर्ता आव्हान

२०७५ श्रावण २, बुधबार १९:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

छायाँछवि क्रियशनले विगत ५ वर्षदेखि गर्दै आएको विल्कुलै नवीनतम् छायाँछवि तीज म्यूजिक अवार्डको पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ ।

तीजका अवसरमा ८०० देखी १००० गीत सार्वजनिक हुने गरेका छन् ।

तिज गितका लाई सम्मान र प्रोत्साहनको उदेश्यले तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकि छिन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए ।

साथै प्रियले तीज अवार्ड आगामी भाद्र २५ गते उक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय