आफु बेचीएर बा“च्नुको पीडा पण्डीत बाजेको लौरीमा

२०७५ श्रावण १, मंगलवार १९:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

थमन बहादुर भन्डारी निर्मित चलचित्र पण्डीत बाजेको लौरीमा पश्चिमी क्षेत्रमा अझै पनि कायम नै रहेको बादी प्रथालाई बिषय बस्तु बनाएर फिल्ममा उतारीएको छ । साथमा कमेडी पनि रहेको निर्माता थमनबहादुरले जानकारी गराएका छन् ।

हाल युट्युबमा छोडीएको गित तथा प्रोमोले चर्चा कमाईरहेको छ ।

सोमबार फिल्मको बारेमा जानकारी दिने उदेश्यले निर्माण टिमले पत्रकार भेटघाटको आयोजना गर्यो । निर्देशक दिपक ओलीले दाङ तथा प्युठानमा रहेको बादी प्रथालाई फिल्मको पर्दामा देख्दा समाजमा सचेतना जाग्ने र बादीप्रथा उन्मुलनको लागि सरकारको पनि ध्यान जाने आश रहेको बताए । त्यस्तै प्रमोद अग्रहरीले आफुले फिल्ममा रोमान्टीक क्यारेक्टर गरेको बताए ।

फिल्म पण्डीत बाजेको लौरीमा एउटी महिलाले धेरै जना पुरुष स“ग बाध्यात्मक रुपमा जिविकापार्जनको लागि शारीरीक सम्पर्क राख्नु पर्ने अवस्थाको चित्रण गरीएको निर्माण युनीटको भनाई छ । जुन भुमिका सन्ध्या केसीले गरेकी छन् ।

बधिनिको भुमिका गरेकी सन्ध्या केसीले आफु बेचीएर एउटा महिलाले बा“च्नुको पीडा कस्तो हुन्छ फिल्ममा देखिने बताईन भने अर्की नायिका मरिष्का पोख्रेलले पण्डीत बाजेको लौरीमा काम गर्दा रमाईलो लागेको बताईन त्यस्तै कलाकार बिजय बरालले आफ्नो भुमिका निर्वाह गर्दा हाम्रो समाजका यस्तो प्रथानी रैछ भनेर अचम्म लागेको बताए ।

फिल्म पण्डीत बाजेको लौरीले आम दर्शकको मन जित्ने निर्माण युनीटको दाबी छ । फिल्म आगामी शुक्रबारबाट प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय