सबिर श्रेष्ठ निर्देशित फिल्म बा“ध मायाले फिल्मको टीजर सार्वजनिक गरीएको छ । आर्यान अधिकारी र सृष्टी श्रेष्ठको लिड रोल रहेको फिल्म बा“ध मायाले आगामी असोज ५ गतेबाट अल नेपाल प्रदर्शन गरीने बताईएको छ ।
रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् ।
अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।
फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् ।


