नेपाली फिल्म ‘झमक बहादुर’ को दुई पोस्टर सार्वजनिक भएका छन् ।
सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्म मा मुख्य बनाइएको छ ।
अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ ।
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमको छायांकन रहेको यो फिल्म साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।


