बाल गायक अशोक दर्जी यतिबेला युट्युब ट्रेन्डीङमा छन् । बिगत ४ महिना देखि एकाएक युट्युब मार्फत चर्चामा आएका गायक अशोक दर्जीको भिडियो युट्युबमा राख्न तंछाडमछाड गरेर युट्युबरहरु लागि परेका छन् । भलै एउटा बालकको चर्चा गराएर उस्को उदार हुन्छ भने त्यो सबैभन्दा उत्तम कार्य हो ।
तर हाल अशोक दर्जीको भिडियोको लागि युट्युबरको प्रतिस्पर्धात्मक रेस देख्दा यस्तो लाग्छ अब अशोक दर्जीको उदार र सहयोग भन्दा डलरको खेती बाल गायक अशोक दर्जीलाई बनाईदेैछ । अशोकले बोलेको भिडियो हेर्दा उनलाई सोधीएको प्रश्न सुन्दा अशोक दर्जीलाई ह्यारइासमेन्ट भैसकेको छ ।
हरचिजको लिमिट हुन्छ ,लिमिट बढी भैसकेपछि अमृत पनि तितो हुन्छ भनेझै अशोक दर्जीको सन्दर्भमा अहिले यस्तेै भैरहेको छ । सामन्य परिवारमा हुर्केका अशोक गित गाउन रुची राख्ने र गाउदै हिड्दा डिजे रुपकले चिनाएका अशोकको एक चरण अन्तवार्ता सार्वजनिक भैसकेपछि उनलाई सहयोग गर्नेहरुले हात दिईनै रहेका छन्
एउटै गित मन बिनाको धन ठुलो की धन बिनाको मन बोलको गितका कारण चर्चित हुदै देश बिदेश गरीसकेका छन् ।
अब उनको झापामा घर नै बन्ने काम अगाडि बढाउन थालीसकीएको छ । झापाका १२ बर्षे गायक अशोक दर्जीजति चर्चित बन्न नेपालका सेलीब्रटीहरुले शायद धेरै संघर्ष गर्नुपर्यो होला र पनि चर्चित हुने दिन अmभै पर्खीरहेका छन् ।
त्यसो त एउटा बालप्रतिभाको सम्मान गर्दै साथ दिने संगितकार तथा गायक टंक बुढाथोकीलाई पनि मान्नै पर्छ । उनकै कारण अशोक दर्जी को भाग्य चम्कीरहेको छ त्यसो त युट्युबको चर्चाले पनि अशोकलाई केही सहयोग पुगेकै हो ।
अहिले अशोक दर्जीले सास फेरेको सहित उनका परिवारको नालीबेली सम्पुर्ण चीज सार्वजनिक भैरहेको छ । कारण युट्युबरले अशोकको सहयोग भन्दा नी आफ्नो च्यानलमा भ्युजको मोहले अशोकको पछि दौडीरहेका छन् ।
हरेक ब्यक्तिको नितान्त बयक्तिगत कुरा कतिबेला कसरी सार्वजनिक गर्नुपर्छ र त्यसले ब्यक्तिगत जिवनमा के असर गर्छ भन्ने ज्ञाननै नभै हरेक भिडियो अपलोड भैरहेका छन् ।
यदि युट्युबले पेमेन्ट गर्दैनथ्यो भने शायद अशोकको नाम कसैले लिदैनथे तर अशोकको बोली ब्यवहार चालचलनले क्लिक भएका हुन ।
केही युट्युब च्यानलले भने अशोकको भिडियो राखेर आएको केही रकम अशोकको घर निर्माण कार्यको लागि सहयोग पनि गरेका छन् यो आफैमा सर्हनीय काम हो ।

एक चर्चित गायक तथा संगितकारले भने नाम नभन्ने शर्तमा ,
त्यो बालकलाई अति भैसक्यो न उस्लाई केही ज्ञान छ अलमलमा बोलीराहुन्छ ,एयरपोर्ट गयो उतै क्यामेराले घेरीएर सास फेर्न पाउदैन स्टुडीयोमा गयो त्यस्तै बाफ्रे यो त उस्लाई ह्यारयामेन्ट नै भैसक्यो उसको प्रतिभा चिनेर टंक जीले राम्रो गरीरहनु भएको छ उस्को भबिष्य हेर्दीनुपर्छ , युट्युब अन्तवार्ता र भिडियो एक चरणको लागि हो , त्यो पनि कुन ब्यक्तिको कत्तिसम्मको भिडियो राख्ने भन्ने युट्युबरलाई पनि ज्ञान हुनु पर्छ किनभने अहिले युट्युब पनि एक प्रकारको संञ्चार नै हो देशमा कत्रा घट्ना घटीरहेका छन् चासो छैन मात्र युट्युब ट्रेन्डीङको लागि देश बनाउने युवायुवती दौडेर हुदैन अब हामीले बोल्यो भने डाह गर्यो गरीखान दिएन भन्छन ।
अशोक दर्जीको नाममा तिनै युट्युबरले घोटाला भयो यो त्यो भनेर नानाथरी भिडियो अपलोड गरीरहेका छन् । के अशोक दर्जी युट्युबरको भ्युज बढाउने मेशीन हुन भन्ने प्रश्न उब्जीरहेको छ ।


