अधृत फिल्मस् प्राली को ब्यानरमा थमनकुमार भण्डारी ९राज० र किशोर खड्काले निर्माण गरेको पण्डीत बाजेको दलौरी फिल्म आगामी श्रावण ४ गते अल नेपाल प्रदर्शन हुदैछ ।
दीपक ओलीले निर्देशन गरेको पण्डीत बाजेको लौरीमा कथा, पटकथा र संवाद महेश दवाडी को रहेको छ ।
पण्डीत बाजेको लौरी टिमले सार्वजनिक गरेको पोष्टरमा प्रविण खतिवडालाई ब्राह्मण भेषमा उतारेको छ ।
भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी ले अभिनय गरेको फिल्ममा बाधीनी र ब्राम्हण बीचको सम्बन्ध र समाजले सोच्ने हेर्ने दृष्टिकोणको बारेमा फिल्म रहेको निर्माण युनीटले जनाएको छ ।
फिल्ममा छांयांकन बिदुर पाण्डेको रहेको छ भने सम्पादन मित्र डि। गुरुङ र कोरियोग्राफी विक्रम स्वाँर र दीपकमान सिंह को रहेको छ। भने
संगीत श्रीकृष्ण बम मल्ल र अमित श्रेक्ष्ठको रहेको छ ।


