संगीता श्रेष्ठको निर्देशनमा बनेको मल्टिस्टारर फिल्म ‘कथा काठमाण्डु’ को फस्टलुक पोस्टरमार्फत् प्रदर्शन मिति घोषणा गरिएको छ ।
फिल्म असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
पोस्टरमा तीन जोडी फिचर्ड छन् ।
अभिनेत्री प्रियंका कार्कीको रोमान्स आफ्नो रियल प्रेमी आयुष्मान देशराज जोशीसँग नभई अभिनेता प्रमोद अग्रहरीसँग रहेको पोष्टर छ
। प्रियंका र आयुष्मानको प्रेमको सुरुवात यही फिल्मको सेटबाट भएको थियो ।
अभिनेता संयोग कोइरालाको जोडीमा सन्ध्या केसी छिन् भने अभिनेत्री प्रेक्षा अधिकारीसँग आयुष्मानले रोमान्स गरेका छन् ।

