‘मिस्टर भर्जिन’ को अफिसियल टीजर सार्वजनिक

२०७५ असार २५, सोमबार १७:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
भदौ १ गते प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘मिस्टर भर्जिन’ को अफिसियल टीजर सार्वजनिक भएको छ । कमेडी टीजरमा तीन भर्जिन युवा गौरव पहारी, विजय बराल र कमलमणी नेपालसँगै यौनकर्मीको भूमिकामा रहेकी मरिश्का पोखरेल  छन् ।
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
 ‘मिस्टर भर्जिन’ फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्माताको रुपमा  सन्दिप उप्रेती रहेका छन .
https://www.youtube.com/watch?v=L3dwGD8lLGY&feature=youtu.be

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय