नायिका रेखा थापाले आफुलाई महानायिका नभनेकोप्रति चित्त दुखाएकी छिन् ।
नेपाली चलचित्र क्षेत्रमा लामो समय एक छत्र राज गरेर बसेकी नायिका रेखाले आफुलाई माहानायिका भन्नुपर्छ भनेर घमण्ड गर्न खोजेकी हुन या अरुलाई भन्यो मलाई भनेन भनेकी हुन तर उनको आक्रोश यतिबेला मिडियाप्रति छ ।
बिहिबार रमाईलो छ डटकमले बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको स्मारीकामा आफ्नो धारणा राख्नेक्रममा मिडियाले पक्षधरता लिनुभएन भन्ने शिर्षकको लेखमा नायिका रेखा थापाले लेखेकी छन् ।

मलाई महानायिका भन्न डराउछन् तर तिनै पत्रकार एक दुई हिट फिल्म दिएको भरमा नयालाई मेघास्टार भन्न हिच्किचाउदैनन । रेखाको यो भनाईले उनै माथि प्रश्न थुप्रीएको छ । यतिबेला बिभिन्न आरोह अवरोह पार गर्र्देै आएकी नायिका रेखा थापा परिपक्व भैसकेकी छिन् ।
फिल्म क्षेत्रमा मात्र नभएर राजनैतिक दलको दुईवटा पार्टीको सदस्य समेत भैसकेकी रेखा थापाको बौद्धीकता कहासम्मको रहेछ भनेर मिडियाकर्मी बीचनै नायिका रेखाको बारेमा टिकाटिप्पणी चलिरह्यो जब उनले लेखेको लेख सबैले पढे । उनको यो आशय नायक अनमोल केसीप्रति थियो किनकी छोटो समयमानै अनमोलको क्रेज बढेकै हो त्यसमा मिडियाले समाचार सम्प्रेषण गर्दा नया पुस्ताका नायकको क्रेज भविष्यका स्टार भनेर केही मिडियाहरुले लेख्ने गर्छन ।
यद्यपी कुनै ईभेन्टमा भने कार्यक्रम उद्घोषकले कार्यक्रमको माहोल तताउन भर्खरै आएका कलाकारहरुलाई बिभिन्न उपनाम दिएर बहुचर्चित ,,,,, भनेर सम्बोधन गर्नेगर्छन तर त्यसको खासै अर्थ हुदैन त्यस्तै अहिले आएको अनलाईन र युट्युब च्यानलमा भ्युज बढाउन पत्रकारीताको रुप धारण गरेर आएका केही आलाकाचा ब्यक्तिहरुले जे पायो त्यही लेख्ने हो ।
नायिका रेखा थापालाई यहि कुराले टाउको दुखेको हो भने अलग कुरा तर मिडियाले कंहीकतै कसैलाई मेघास्टार भनेर पद्वी दिएकै छैन यो हिसाबले रेखाले कुन स्तरको पत्रकारको संगत र समाचार हेर्ने सुन्ने गरेर बिश्लेषण गरेकी हुन उनै जानुन ।
हाल सम्म राजेश हमाललाई महानायक भनिन्छ त्यो पनि मिडियाले भनेको हैन चलचित्र प्राबिधिक संघले दिएको उपाधी हो । त्यसो त नायिका रेखा थापाले पन्ध्र बर्ष देखि निरन्तर चलचित्र दिएकै हो कोही हिट भए कोही प्mलप ,अर्को श्रेय रेखालाई हिरोईन पनि हिरो बन्न सक्छ भन्ने उदाहरण दिन सफल नायिका मानिन्छ यसमा कुनै मत बाझीदेैन ।
यतिबेला रेखाले मलाई महानायिका भन्न पत्रकार डराउछन् भनेर लेखीरहंदा पत्रकारीतानै गरीरहेका रंगपत्रकारहरुले पनि चित्त दुखाएका छन् । त्यसो त नायिका रेखाले मिडियाले डिभोर्स भैसकेको पुर्वपति छबी ओझासंग जोडेको भन्दै नायिका शिल्पा पोख्रेलसग दुई बर्ष अघिनै बिहे भैसकेको समेत भनेकी छन् ।

नायिका रेखा आफै कसरी फण्डा मच्चाऔ भन्दै पुर्वपति छबीसंग अहिले पनि आफै जोडीन पुग्छीन स्टार हिरोइन हो न्युज बनिहाल्छ ,
त्यसो त उनका पुराना कुरालाई बिर्सने हो भने उनले शुरुवात देखि गरेका केही कामहरुको उल्लेख नेै नगर्ने एक्कासी रेखा भनेर उनलाई सबैले चिनेका हुन र लगाएतका बिभिन्न टिकाटिप्पणीहरु मीडीयाकर्मीले बहसकै रुपमा चलाईरहेका छन् ।
पत्रकारले महानायक र महानायिका छुटाउने हैन भन्ने हेक्का नायिका रेखा थापालाई हुनुपर्ने हो ,
अब नायिका रेखा थापालाई कुनस्तरकी बौद्धीक हिरोईन भन्ने ?


