नेपाली चलचित्र क्षेत्रमा एकअर्काबीचको देखावटी सम्बन्ध धेरै छन् ।
कलाकारहरु कहिले लपक्कै ,कहिले पानी बाराबारको स्थििति पटकपटक भैरहन्छ । यतिबेला शुष्मा कार्की र पुजा शर्माबीचको सम्बन्ध पानी बाराबारको रहेको छ । जुन कुरा नायिका शुष्मा कार्कीले पुजा शर्माको नाम लिनेबित्तिकै छिछि भनेको भीडीयो समेत देख्न सकिन्छ ।
बिहिबार रमाईलो छ डटकमको बाषिेकोत्सवमा शुभकामना दिन नायिका द्धय पुजा शर्मा र शुष्मा कार्की दुबेै पुगेका थिए । नायिका पुजा शर्मा नायिका रेखा थापा नायिका श्वेता खड्का बसीरहेको रोमा पुगेर नायिका शुष्मा कार्कीले रेखा र श्वेतालाई हग गरीन तर दुबैको बीचमा रहेकी हिरोईन पुजालाई भने नदेखेझै गरीन ,यति गरेपछि नायिका रेखाले शुष्मालाई आग्रह गरीन पुजासंग बोल्न तर शुष्मा मुन्टो बटार्दै हिडिन र पछाडी गएर बसिन ।

पुजा र शुष्माबीचको टकरावको बारेमा यहिनै कारण हो भन्ने खुलेको छैन तर कुनैबेला शुष्मा कार्की र सुदर्शन थापा बीच प्रेमसम्बन्ध थियो तर अहिले उनिहरुबीच पानीबाराबार जस्तै छ अहिले पुजा शर्माले सुदर्शन थापासग ब्याक टु ब्याक फिल्म गरीरहेकी छन् र प्रेम सम्बन्धको पनि हल्ला छ तर दुबैले स्विकारेका छैनन ।
कारण यहि होला भन्ने अनुमान सबैको छ । यस अघि पनि शुष्मा कार्की र पुजा शर्मा एक समारोहमा संगै हुदा पुजा लुकेर बसीन शुष्मालाई देखेर भनेर आएको गसीप पनि चर्चामा थियो । अब शुष्मा र पुजाको यो ३६ को सम्बन्ध कहिले सम्म हो ?


