रमाईलो छ डटकमको बार्षिकोत्सवमा कलाकारहरुको भीड

२०७५ असार २५, सोमबार १७:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रंगपत्रकार उत्सव रसाईलीद्धारा संञ्चालीत रमाईलो छ डटकमको पहिलो बार्षिकोत्सवको अवसरमा बिहिबार सा“झ पुरानोबानेश्वरस्थिित डाईनीङ पार्क रेष्टुरेण्टमा चलचित्र क्षेत्रका कलाकारहरुको उपस्थििति बाक्लो रह्यो ।

अनलाईनस“गै रमाईलो छ युट्युब च्यानल संञ्चालन गरीरहेका उत्सव रसाईलीले आगामी दिनमा अझै सशक्त बनेर रंगपत्रकारीता क्षेत्रमा लाग्ने बताए । कार्यक्रममा रमाईलो छ डटकम्ले रमाईलो छ युट्युबमा राखीएका सबैभन्दा बढी भ्युज भएको ६ वटा भिडियो र सो भिडियोमा अन्तवार्ता दिने कलाकारहरुलाई ट्रफी समेत प्रदान गर्यो ।

रमाईलो छ को उत्सवमा नायिका रेखा थापा ,श्वेता खड्का निर्देशक निर्मात्री दीपाश्री निरौला ,देखि नया“ पुस्ताका आ“चल शर्मा ,साम्राज्ञी राज्यलक्ष्मी शाह लगाएतको उपस्थििति रहेको थियो । पछिल्लो समय युट्युव भ्युज अनुसार पेमेन्ट हुने भएकोले रामाईलो छ मा अन्तवार्तामा आउने कलाकारहरुलाई भ्युजको आधारमा ५ प्रतिशत रकम प्रदान गर्ने घोषणा पनि उत्सवले गरे ।

बार्षिकोत्सवको अवसरमा रमाईलो छ डटकमले स्मारीका पनि प्रकाशन गरेको जहा कलाकार तथा रंगपत्रकारहरुको बिचारहरु समेटीएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय