अष्ट्रेलीयाको सीड्नीमा लामो समय देखि रहेका नेपाली गायक तथा संगितकारले बेला बेला नया“ प्रयोगका साथ गितसंगित बजारमा लयाईरहेका हुन्छन् ।
यसैबीच विकास उप्रेतीको स्वरमा किरण भण्डारीको शब्द तथा संगित रहेको मनकी रानी गितको भिडीयोमा नया“ प्रयोग गरीएको छ । भ्यामपायरको कहानीमा म्युजिक भिडियो रोचक बनेको निर्माण पक्षले जनाएको छ ।
भिडीयोलाई प्रबीण महर्जनले खिचेका हुन भने संगितप्रति लगाव राख्ने किरण भण्डारीले आफ्नै यट्युब च्यानल थन्डरस्ट्रोमबाट गितको भिडियो अपलोड गरेका छन् ।


