करण श्रेष्ठ ‘क्रेजी’को ‘ल्याङ ल्याङ’

२०७५ असार १८, सोमबार १६:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

करण श्रेष्ठ ‘क्रेजी’को निर्देशनमा तयार हुन लागेको चलचित्र ‘ल्याङ ल्याङ’को घोषणा गरिएको छ । कमेडी र सामाजिक कथामा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता अमृतमाया श्रेष्ठ हुन् । चलचित्रमा सोम कुस्कु माझीको कथा, प्रदिपकुमार चौधरीको पटकथा तथा संवाद रहनेछ ।

चलचित्रमा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, वुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरित गिरी, देविराम पराजुली, दमन रुपाखेती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

भदौको अन्तिम साताबाट सुरु हुने चलचित्रको छायांकन नेपाल, बहराइन र अष्ट्रेलियामा गर्ने निर्माणपक्षले बताएको छ ।

चलचित्रले एक ट्याक्सी ड्राइभरको कथालाई उठान गर्ने जानकारी कार्यक्रममा दिइएको थियो । चलचित्रमा साहिल खानको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकीको संगीत रहनेछ भने शंकर पाण्डे यसका प्रोडक्शन डिजाइनर हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय