रातामकैको दालभात

२०७५ असार १६, शनिबार १५:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राता मकै अर्थात निर्माता तथा कलाकार किरण केसीले नयाँ फिल्म दालभात बनाउने भएका छन् ।

असार १५ गते आफ्नो ६० औं जन्मदिन पारेर राता मकैले ‘दाल भात’ नामक फिल्म बनाउने घोषणा गरेका हुन् ।

केसीको ‘दाल भात’लाई आफ्नै छोरा सुदन केसीले निर्देशन गर्नेछन् ।

कमेडी जनराको ‘दाल भात’ मा कलाकार भने पक्का भैनसकेको केसीले बताए ।

तर फिल्ममा मह जोडी र दिपाश्री निरौलाको साथमा किरण केसीको पनि मुख्य भूमिका रहने  छ ।

फिल्मको छायाँकन भदौबाट सुरु हुनेछ  ।

राता मकैको जन्मदिनमा हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान र्पुयाएको भन्दै कलाकार सन्तोष पन्तलाई र पत्रकार विदुर गिरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय