‘चिमुसीचि’को ट्रेलर

२०७५ असार १६, शनिबार १५:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ’चि मुसी चि’को ट्रेलर रिलीज भएको छ ।

फिल्म चि मुसी चि साउन ११ गतेदेखि रिलिज हुँदैछ । यो यसै फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन   गरेका हुन ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय