नायक आकाश श्रेष्ठ र आ“चल शर्मा अभिनित ब्ल्याक फिल्मको ट्रेलर सार्वजनिक गरीएको छ ।
पटक पटक प्रदर्शन मिति सर्दै आएको ब्ल्याकलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन ।
यस अघि पलपल हरपल बोलको गित सार्वजनिक गरीएको थियो ।
आकाश श्रेष्ठ र आ“चल शर्मालाई लिएर प्रदिप श्रेष्ठले ४ बर्षको ग्यापपछि फिल्म ब्लयाक निर्देशन गरेका हुन ।
फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता आश्माले फिल्म राम्रो बनेको बताईन ।
यस्तै सोलो अभिनय गरेकी नायिका आ“चल शर्माले अब देखि हरेक फिल्ममा सोलो रोलमा मा मात्र काम गर्ने धेरै जना कलाकार भएको फिल्ममा काम गर्न ईच्छा मरेको बताईन ।
फिल्म ब्ल्याक आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउ“दैछ ।


