नायक अनमोल केसी बिना पारीश्रमीक कन्सर्टमा सहभागि हुदैछन ।
अनमोलले कन्सर्ट मार्फत समाजसेवाको लागि बिना पारीश्रमीक कन्सर्टमा सहभागि हुने भएका हुन ।
मोनिका ईनटरनेशनल ग्रुपले पर्यटन प्रबद्र्धनका साथै नेत्रहिन महिलासंघलाई सहयोग गर्ने उदेश्यका साथ आगामी भदौ मा बुटवल ,पोखरा ,चित्तवन र बिर्तामोडमा अनमोल ईभ २०१८ नाम राखेर कन्सर्ट गर्न लागेको जनाएको छ ।
सोही कार्यक्रमको प्रेसमिटमा नायक अनमोलले भने मलाई समाजसेवा गर्न मन थियो तर बिभिन्न कारणले पाएको थिईन अहिले समय मिल्यो अनि प्रत्यक्ष प्m्यानहरुसंग भेट्ने अवसर पनि हुने छ । पबित्र उदेश्यको लागि परीश्रमीक नलिएको हु“ ।
नायक अनमोल केसीस“गै नायिका प्रीयंका कार्की लगाएतका कलाकारहरु रहने बताईएको छ । अनमोललाई कन्सर्ट हुने ४ वटै शहरमा हेलीक्प्टेरबाट पुर्याईने बताईएको छ ।


