पछिल्लो समय कला क्षेत्रमा आउन चाहनेहरुको लागि तालिम दिईने संस्थाहरुको प्रतिस्पर्धा ने चलेको छ ।
यही भीडमा चाबहिलमा रहेको एनएफ म्युजिक एण्ड डान्स ट्रेनीङ सेन्टरमा कला क्षेत्रका हरेक बिधामा ट्रेनीङ लिनेहरुको भीडनै रहेको छ ।

बिशेष गरी गायन ,नृत्य ,बाद्यबादन ,अभिनय लगाएतका बिधामा ट्रेनीङ संचानलन हुने सेन्टरमा निख्खारीएका प्रशिक्षकहरुबाट ट्रेनिङ संचालन भैरहको संञ्चालक तथा नृत्य प्रशिक्षक सुन्दर खड्काले बताए ।

बिगत २२ बर्ष देखि नृत्य प्रशिकको रुपमा काम गर्दे आएका खड्काले म्युजिक भिडियो समेत निर्देशन गरेका छन् ।
सबै उमेर समुहका बिद्यार्थीहरु एनएफ म्युजिक एण्ड डान्स सेन्टरमा आउने खड्काले बताए ।

पछिल्लो समय शरीरको तौल घटाउनको लागि र स्वस्थ बन्नको लागि ४० कटेका महिलाहरु पनि एरोबिक्स तथा नृत्य र शारीरीक अभ्यासको लागि आउने खड्काले बताए ।

हाल एनएफ म्युजिक एण्ड डान्स सेन्टरमा सांस्कृतिक कार्यक्रम , म्युजिक भिडियो तथा फिल्मको सुटीङको लागि चाहिने ड्रेसहरु समेत हायरमा राखीएको छ ।


