मगर क्रियशनसको प्रस्तुती रहेको नेपाली चलचित्र शिरफुलले पीजी सर्टिफिकेट पाएको छ ।
शुक्रबार चलचित्र शिरफुलको सेन्सर गरीएको हो । शिरफुल फिल्मको ७ महिना अगाडि युट्युवमा अपलोड गरीएको शिरै माथी शिर फुल भिरै माथि भिरफुल बोलको गित सवाृधिक दर्शक स्रोताले रुचाएका छन् । अ
जय स्याङतानको कोरीयोग्राफीमा मरिष्का पोख्रेल र निर्देशक कमल एक्चै मगरले कम्मर मर्काएको उक्त गितलाई हाल सम्म युट्युबमा ५० लाख ६० हजार भन्दा बढी पटक क्लिक गरीएको छ भने हरेक स्टेजमा यो गितले स्थान पाएको छ ।
राजु थापा मगरको शब्द देवआले मगरको संगित र रिकेश गुरुङको संगित संयोजनमा देव आले मगर र तारा श्रीस मगरको स्वर रहेको शिरफुल गितले एउटा अवार्ड कार्यक्रममा बेस्ट सङको टाईटल पनि जितीसकेको छ ।
फिल्मको प्रदर्शन मिति अब छिट्टै तोकीने निर्माण पक्षले जानकारी गराएको छ भने शिरफुल टिमले नै सन्दुक नामक फिल्म पनि छिटेै उनाउन्समेनट गर्ने तयारी गरेको छ ।
आशिरवाद पुन मगरले निर्माण गरेको फिल्म शिरफुललाई कमल एक्चै मगरले निर्देशन गरेका हुन ।
म्युजिक भिडियो निर्देशन गर्दे आएका निर्देशक एक्चै मगरको फिल्ममा डेब्यु हो । नेपालको संस्कृति संगै रोमाञ्चक लभस्टोरी फिल्ममा उतारीएको कलाकार तथा गाएक देव आले मगरले जानकारी दिए ।
फिल्ममा देवराज आलेमगरको कथा ,राज थापा र राजु योगिनको पट् कथा र संवाद ,हरि लम्सालको संगित ,श्री खड्काको द्धन्द्ध ,डिपी खनाल र सन्दीप थापाको गित ,सिद्धान्त एस पौडेलको निर्माण नियन्त्रण र निरज ?ेष्ठको छांयाकन रहेको छ ।


