मिलन चाम्स निर्देशीत फिल्म बोबी आगामी असार २९ गते प्रर्दनमा आउदै छ ।
एउटा विवाहीत जोडीको प्रेम कथालाई फिल्ममा उठान गरीएको निर्देशक मिलन चाम्सले बताएकाछन् ।
नर्वेमा बस्दै आईरहेका एनआरएन नेपाली जोडी कविता गुरुङ र उमेश थापाको रियल कथा र रियल अभिनय फिल्ममा रहेको निर्माता नतथा निर्देशक चाम्सले बताए ।
यस अघि बायोपीक फिल्म ब्लाईन्ड रक्स फिल्म राम्रो हुदाहुदै पनि नेपालमा ब्यापारीक असफलताको अनुभव संगालेका निर्देशक चामस भन्छन् , नेपालमा जीवनी तथा बायोपीक फिल्महरु कम चल्दोरैछ अब बोबीको पनि ठुलो रिस्क छ तर दर्शकहरुले माया गर्नुहुन्छ भन्ने विश्वास छ । नर्वे र नेपालका रमणीय स्थलहरुमा बोबीको छांयाकन गरएिको छ । बोबीको गित र टेलर आउट भैसकेको छ ।


