गायक शिव परियारको स्वर रहेको ‘मंगली’ बोलको गीत भिडियो सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ ।
प्रल्लाद शाहको शब्द रहेको गीतमा शंकर थापा स्माईलको कम्पोज र उदय राजा पौडेलको एरेन्ज रहेको छ ।
सार्वजनिक भिडियोमा भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस सिजन २’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीसँग आँचल शर्माले रोमान्स गरेकी छन् ।

गीतको भिडियो बिशाल सुबेदीले निर्देशन गरेका हुन् भने निल मानन्धरको छायांकन र सुप्रिम पराजुलिले सम्पादन गरेका हुन् । गीतमा शुशान्त खत्री र राजिव समारको कोरियोग्राफी रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र युपी गुप्ताले निर्माण गरेका हुन् ।


