अलबिदा भीमबहादुर थापा

२०७५ जेष्ठ ३०, बुधबार १४:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

बरिष्ठ कलाकार भीम बहादुर थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार बिहान २ बजे निधन भएका थापाको बुधबार मध्यान्न नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।

९२ वर्षीया थापाको पार्थीब शरीरलाई उनकी छोरीले दागबत्ती दिएकी थिइन् । उनको अन्त्येष्टीमा नेपाली सेनाको एक टुकडी सेनाले सलामी दिएको थियो ।

अन्येष्टी अघि उनको शवलाई पशुपति आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जलीमा पुरानी अभिनेत्री चैते देबी, बसुन्धर भुषाल, कलाकार निर्देशक दीपाश्री निरौला, सिताराम कट्टेल ‘धुमुर्स’, शोभित बस्नेत, नायक, निर्माता नवल खड्का, उत्तम केसी, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, सरिता लामिछाने, सानु ताम्राकार सहित शुभचिन्तक, समर्थक, कलाकार तथा रंगपत्रकारहरुहरुको सहभागीता थियो । थापाको निधनले नेपाली चलचित्र क्षेत्रलाई अपूरणीय क्षति पुगेको कलाकारले धारणा राखे ।

’काठमाडौ महानगरपालिका- ३३ मैतीदेबी निवासी थापा मुटु, फोक्सो, कलेजो लगायत बिभिन्न रोगबाट लामोसमय देखि ग्रसित थिए । पछिल्लो समय उनलाई घरमै राखेर सामान्य उपचार गरिएको थियो । उनका एक छोरा र दुई छोरी रहेका छन् । उनी वि.सं १९८३ असार १३ गते खोटाङमा जन्मिएका थिए ।

कलायात्रा

थापाको कलायात्रा सैनिक कार्यक्रम ‘रूपक’बाट सुरु भएको थियो । २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो रूपक चलाएर मेची –कालीसम्मको यात्रा गरेका थिए । रूपकले मानिसलाई सारै ठूलो मनोरञ्जन दिन्थ्यो ।

नेपाल टेलिभिजनको लोकप्रिय श्रृखला देवी, बाट केही चिनिएका थापा ‘तितो सत्य’बाट सबैमाझ परिचित भएका थिए । उनले ७० चलचित्र, १४०वटा सानो पर्दाको चलचित्र र ७० हाराहारीमा बिज्ञापन चलचित्र अभिनय गरेका छन् । थापा राजा त्रिभुवन र महेन्द्रलाई हसाउने कलाकार भनेर समेत चिनिन्थे ।

विश्वयुद्धमा लडाईं

थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए । १३ वर्षको उमेरमा ब्रिटिस आर्मीमा भर्ना भएका उनी विसं २००२ मा नेपाल फर्किएका थिए ।

विश्वयुद्धबाट फर्किएका भएकोले उनलाई केही तहको प्रमोसन सहित सेनामा भर्ती मिलेको थियो । उनी नाचगानमा पनि माहिर भएकाले मोहनशमशेरको बडीगार्डमा पनि छानिएका थिए ।

गोरखा दक्षिणबाहुपट्ट, त्रिशक्ति पट्ट लगायत थुप्रै पुरकारबाट सम्मानित थापाले कलाकारिताबाट

बिभिन्न पुरस्कार प्राप्त गरेका छन् । नेपाली सेनामा लेसनायबाट जागिर खाएका उनी नायक,हवलदार, जमदार, सुविदार हुँदै मेजरसम्म भएका थिए

फोटो फिचर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय