चलचित्र विकास बोर्डले राजधानीमा महिला सशक्तीकरणका लागि सुचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालाको आयोजना गरेको छ।
महिला कलाकार शसक्त हुनुपर्ने र नेपाली जनमानसका लागि रोल मोडल भएको कार्यक्रममा सहभागीले बताएका थिए।
प्रदेश नम्बर ३ प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा संपन्न कार्यक्रममा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि कोइरालाले कलाकार समाजका रोल मोडल भएका कारणले महिला कलाकारले समाजलाई प्रभावित पार्न सक्ने बताइन्।

बरिष्ठ कलाकार चैत्य देबी, सकुन्तला शर्मा , बसुन्धारा भुसाल , करिष्मा मानन्धर , दिपा श्री निरौला ,साम्राज्ञी राज्य लक्ष्मी शाहलाई सो कार्यक्रममा सम्मान गरिएको थियो ।
महिला सशक्तीकरणका लागि सुचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालामा बबीता बस्नेतले सहजिकरण गरेकी थिईन


