
शुक्रबार अर्थात फागुनबाट १ प्रदर्शन हुने फिल्म ‘बिगुल’को प्रिमियर हेरेपछि ललितपुर का मेयर चिरीबाबु महर्जनले आँसु थामी सम्हालेको बताए ,फिल्मको कथामा आफ्नो बिगत सम्झिएर भाबुक बनेको बताए । मगलबार साझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियरमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठदेखि ललितपुरका मेयर चिरिबाबु महर्जन राजनीतिक बिश्लेशक ,समाजसेवी ,फिल्म्कर्मी सबैले कथावस्तुको प्रशंसा गरे।

फिल्मले बर्तमान अवस्थालाई चित्रण गरेको सबैको प्रतिक्रिया थियो । सबैमा राजनीतिक चेत हुनुपर्छ भन्ने सन्देश फिल्मले दिएकोमा बिगुल निर्माण टिमलाई सबैले प्रशंसा गरे ।
बेनिशा हमालले ‘बिगुल’मा काम गर्नु आफ्नो लागि नयाँ अनुभव भएको बताइन् । उनले भनिन्, ‘मैले राजनीतिक विषयवस्तुमा पहिलो पटक काम गरेको हुँ । त्यसमाथि देशको समसामयिक राजनीतिक परिस्थितिसँग कथा मिल्दोजुल्दो छ । यस्तो फिल्मको हिस्सा हुन पाउँदा म एकदमै खुसी छु ।’
रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशासहित नीर शाह, रमेश बुढाथोकी, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय रहेको छ । कांग्रेस नेता दिनेश कोइराला निर्माता रहेको यस फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन छ ।


